काठमाडौं, २६ जेठ । प्रभु बैंकले जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बैंकले विक्रि गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तरिकाले विभिन्न संघ संस्थाहरुलाई र बाँकी रहेको १६ लाख कित्ता सामुहिक लगानी कोषमा विक्रि गर्ने बैंकले जनाएको छ ।
सामुहिक लगानीकोषबाट सर्वसाधारणलाई छुट्टाइएको १६ लाख कित्ताबाट २५ सय कित्ता सामुहिक लागनी र बाँकी भएको १५ लाख ९७ हजार ५ सय कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।