Logo

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु, न्यायाधीशहरु कार्की र भट्टराईले इजलास नछाड्ने



काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि अहिले सुनुवाई सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइ अघि बढाएका हुन् । अहिले रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्