काठमाडौं, जेठ २७ । अहिलेको अस्तव्यस्त जीवनशैलीसँगै खानपानमा ध्यान नदिँदा मानिसहरु विभिन्न रोगहरुबाट ग्रसित भइरहेका छन् ।
हाम्रो शारीरमा हुने विभिन्न समस्या मध्ये ब्लड प्रेसर पनि एक हो । सामान्तया स्वस्थ व्यक्तिको रक्क्तचाप १२०–८० हुनुपर्छ । यदि त्यसो नभई ९०–६० वा सो भँदा कम छ भने त्यसलाई ब्लड प्रेसर लो भएको मानिन्छ ।
यदि कसैमा ब्लड प्रेसर लो छ भने उक्त व्यक्तिले इन्सुलिन बढाउँनका लागि सामान्तया गुलिलो खानेकुरा खाने गर्दछन् । यति मात्र नभई ब्लड प्रेसर लो भएका व्यक्तिहरुले कस्तो प्रकारको खानेकुरा खानुपर्छ ?
सागसब्जी- यसमा आइरन पाइन्छ जसबाट मानव शरीरका लागि आवश्यक पर्ने खनिज पदार्थ प्राप्त हुन्छ । सागसब्जीमा भिटामिन र प्रोटिन पाइने हुनाले, ब्लड प्रेसरलाई सामान्य बनाउँनका लागि यो निकै महत्वपूर्ण हुन्छ । त्यसैले ब्लड प्रेसरलाई सामान्य बनाइ राख्नका लागि दैनिक रुपमा सागसब्जी खानुहोस् ।
बदाम- बदामले रक्तचापलाई नियमित गर्नुका साथै यसले तपाईको उर्जा र प्रतिरोध क्षमतालाई पनि बृद्धि गर्दछ । त्यसकारण यसलाई नियमित आहारामा समावेश गर्नुहोस् ।
गहुँ- कम रक्त चापलाई सामान्य बनाउँनका लागि मैदाको तुलनामा गहुँनै राम्रो मानिन्छ । साथै गहुँ स्वास्थ्यको दृष्टिले पनि उत्कृष्ट साबित हुन्छ ।
बिना बोसोको मासु- जुन मासुमा बोसोको मात्रा कम हुन्छ त्यहि मासुको सेवन गर्नुहोस् । कम रक्तचापको समस्या भएको व्यक्तिहरुले चिकन, माछा,र टर्कीको सेवन गर्नु राम्रो हुन्छ ।
अमिलो खाद्य पदार्थ- अमिलो खाद्य पदार्थहरुमा पानी र एसिड दुबै पाइन्छ ।जसले प्रेसर लो भएका बिरामीहरुको शरीरमा उर्जा निर्माण गर्दछ ।
लसुन- रक्त चापलाई सामान्य बनाइ राख्नको लागि दैनिक आफ्नो आहारामा समावेश गर्नुहोस् ।
फलफूल- प्रोटिनको मात्र बढी भएको फलफूल सेवन गर्नुहोस ।जुन रक्त चापको बिमारीको लागि निकै राम्रो हुन्छ ।
झोलिलो पदार्थ- टुसा उम्रको गेडागुडी र झोलिलो पदार्थ खाने जसले शरीरमा उर्जा दिनुका साथै रक्तसञ्चार पनि राम्रो हुन्छ ।
कालो खाद्य पदार्थ-कम रक्त चापलाई सामान्य बनाउँनका लागि कालो अंगुर, कालो छोगडाको प्रयोग गर्नुहोस जसमा आइरनको मात्रा अत्याधिक रुपमा हुने गर्दछ । साथै यसलाई खानामा आहारामा समावेश गर्दा रक्त चापको साथै मुटुलाई पनि स्वस्थ राख्दछ ।