काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति पार्टीमा कसैलाई पनि स्वीकार्य नभएको बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य नरहेको बताएका छन् ।
उनले अगाडि भनेका छन्, मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ। अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।
नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्विकार्य छैन।मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन। https://t.co/dmVrPoFhmN
— Gagan Thapa (@thapagk) June 12, 2021