Logo

महुली लघुवित्तद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं, ३० जेठ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाको शाखा कार्यालय वालांखाले शुक्रबार भोजपुर जिल्ला स्थित आमचोक गाउँपालिकामा संचालनमा आएको कोभिड १९ बिरुद्धको भेरोसेल खोप अभियानलाई सहयोग गर्ने उद्देश्यले वृद्ध –वृद्धालाई लाक्षित गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाको अनुसार उक्त खोप अभियानलाई लक्षित गरि महुली लघुवित्तद्वारा इप्रका आमचोक इन्चार्ज मन बहादुर शुवेडि, प्रहरी चौकी दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफ एम का स्टेसन मेनेजर राजिन कुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

राष्ट्रव्यापी खोप अभियानलाई सहयोग पुर्याउन तथा वृद्धहरुको स्वास्थ्यलाई ख्याल गरि स्वास्थ्य सामाग्री उपलब्ध गराएको वित्तीय संस्थाले जनाएको छ । सोही अवसरमा आमचोक गा.पा. वडा नम्बर ४ का वडा अध्यक्ष नेत्र बहादुर खत्रीले महुलीको यस परोपकारी धर्मलाई खुलेर तारीफ गर्दै सामाजिक क्षेत्रमा अगाडि बढ्न हौसला दिएका थिए । आवश्यक अनुसारको खोप ल्याउन नसक्नु कमजोरी रहेको बताउँदै खोप लगाउनबाट भने कसैलाई बन्चित नगराउने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्