काठमाडौं, १ असार । सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ ९ गते आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको आईपीओ बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । बीमा कम्पनीको रुपमा संचालनमा रहेको यस कम्पनीको आईपीओ जारी गरेपछि २ अर्ब बराबरको चुक्तापुँजी पुग्ने भएको छ ।