Logo

नेपालमा महिला भन्दा पुरुष २१ प्रतिशतले बढी कोरोना संक्रमित



काठमाडौं, १ असार । नेपालमा कोरोना संक्रमितको संख्या घट्दोक्रममा रहेको छ । एक समय दैनिक ९ हजार संक्रमितको संख्या पुगेको केही दिन यता भने ३ हजारमा झरेको छ । सोमबार १४ हजार ८ सय १९ परीक्षणबाट २९ सय १८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये नेपालमा पुरुषको संख्या महिलाको संख्या भन्दा बढी छ । ३ लाख ७१ हजार ८ सय ६६ जना पुरुष हालसम्म संक्रमित भएका छन् भने २ लाख ३८ हजार ६५५ जना महिलाहरु संक्रमित भएका छन् ।

पुरुषको संक्रमित दर ६०.९१ प्रतिशत हो भने महिलाको ३९.९४ प्रतिशत संक्रमित दर रहेको छ । मन्त्रालयको अनुसार लगभग २१ प्रतिशतले महिलाको भन्दा बढी पुरुषको संक्रमितदर रहेको छ । त्यस्तै, हिजो २४ घन्टामा ५१ सय ४७ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म ५ लाख ३६ हजार बढी संक्रमणमुक्त भएका छन् । यो निको भएको दर ८७.८ प्रतिशत हो ।
मंगलबार ५३ जनाको संक्रमणबाट निधन भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । यो मृत्युदर १.३९ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्