Logo

पछिलो समय नेपालमा युवावर्ग बढी कोरोना संक्रमित



काठमाडौं, १ असार । विश्वभर कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि ६ लाख बढी संक्रमित भएका छन् । त्यस्तै, ८ हजार बढीले संक्रमणबाट ज्यान गुमाईसकेका छन् । विश्वमा पछिल्लो समयमा कोभिड–१९ को असर युवावर्गमा बढी देखिएको छ ।

यसैगरी, नेपालमा पनि ३१ देखि ४० र २१ देखि ३० उमेर समुहका बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रलायको सोमबारको तथ्यांक अनुसार १४ हजार ८ सय १९ परीक्षणबाट २९ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको मध्ये सबैभन्दा धेरै ३१ देखि ४१ वर्ष उमेर समुहका मानिसहरु ४५४ जना संक्रमित भएका छन् ।
त्यस्तै, २१ देखि ३० उमेर समुहको ४०४ जना २४ घन्टामा संक्रमित भएका हुन् ।

यसैगरी, ४१ देखि ५० वर्ष उमेर समुहका ३६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ५१ देखि ६० वर्षका सोमबार २५५ जना, ६१ देखि ७० उमेर समुहका १६६ जना, ११ देखि २० वर्षका २०८ जना, १० वर्ष सम्मका ६४ जना, ७१ देखि ८० वर्ष सम्मका ८५ जना र ८० माथिका ४३ जना र उमेर पत्ता नलागेका ८ जनालाई हिजो कारोना संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्