काठमाडौं, २ असार । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको छ । बैंकले शेयरको न्युनतम मुल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेर ९ लाख कित्ता संस्थापक शेयर असार २ (बुधबार) देखि लिलामीमा विक्रि खुल्ला गरेको हो ।
लिलामी शेयरमा बोलकबोल गर्दा तोकिएको रकम वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि सम्पुर्ण कित्तासम्मको माग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको अनुसार बोलपत्र असार १७ गते एनआईविएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ ।