२ असार : संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो ।
नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन् ।
उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरुको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।-सिन्ह्वा/Photo: Agency