Logo

दक्षिण कोरियामा कोभिडका सङ्क्रमित घट्दै



४ असार : दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । त्यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा त्यहाँ दैनिक देखिने सङ्क्रमितको संख्यामा कमी आएको बताएका हुन् ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले त्यहाँ बिहीबार मात्र २४ घन्टामा ५०७ जना माात्र सङ्क्रमित भेटिएको जानकारी दिएका छन् ।दक्षिण कोरियामा त्यसको अघिल्लो दिन अर्थात् बुधबार ५४० जना सङ्क्रमित भेटिएका थिए । त्यो भन्दा अघिल्लो दिन यहाँ ५८० जना सङ्क्रमित भेटिएका थिए ।

यसअघिका हप्ताहरुका तुलनामा कोरियामा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । त्यहाँ अहिले पनि सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिने गरेका छन् । गएको वर्षदेखि नै कोरियामा सबैभन्दा बढी संक्रमित राजधानी सोलमा देखिएका हुन् ।

बिहीबार देखिएका सङ्क्रमितहरुमध्ये पनि सबैभन्दा धेरै राजधानी सोलमा १९७ जना देखिएका बताइएको छ । हालसम्म त्यहाँका १ लाख ५० हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । त्यसैगरी त्यहाँ अहिलेसम्म करिब २ हजार जनाको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्