काठमाडौं, ६ असार । आज २.१३ प्रतिशतले घट्दा शेयरबजारमा आज ११ अर्ब ८१ करोड बढीको कारोबार भएको छ । साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से ६३ दशमलव २८ अंकले घटेर २९ सय ५ दशमलव १४ विन्दुमा रोकिएको छ ।
आज कुमारी बैंक लिमिटेड प्रमोटर शेयरको शेयरमुल्य ८.६२ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य १० रुपैयाँले बढेर प्रतिकित्ता १२६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।
त्यस्तै, गुँरास फाइनान्स लिमिटेडका लगानीकर्ताले आज ८.१२ प्रतिशतले कमाएका छन् । कम्पनीको प्रतिकित्ता १०२ रुपैयाँले शेयरमुल्य बढेर आज १३ सय ५८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।
यसैगरी, आज नेशनल हाइड्रोपावरको शेयमुल्य १० रुपैयाले बढेर प्रतिकित्ता ३०८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।