Logo

निषेधाज्ञा खुकुलो गर्दै थपियो, निजी सवारीमा जोर बिजोर



काठमाडौं, ६ असार । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ । ८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो । तर, निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मङ्गलबारबाट निजी सवारी साधान जोर बिजोर सञ्चालन दिने निर्णय भएको जानकारी दिए ।

सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आउने छैनन् । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको बुझिएको छ ।

१६ वैशाखबाट जारी निषेधाज्ञा दुई महिना हुन लागेको छ । असारबाट भने केही खुकुलो पारिएको छ । असारभित्र निषेधाज्ञा हटाउने तयारी समेत भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्