स्याङ्जा, ६ असार: स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।-रासस/File Photo