Logo

सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु



सङ्खुवासभा, असार ७ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए। घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्