Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ७ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ओरालो लागेपनि कही कम्पनीको भने शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।

नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंकको ९.९७ प्रतिशत अर्थात ७१७ रुपैयाँले शेयरमुल्य बृद्धि भएको छ । बैंकका लगानीकर्ताले आज ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, कुमारी बैंक लिमिटेड प्रमोटर शेयरको आज ९.५२ प्रतिशतले शेयरमुल्य बढेको छ । प्रतिकित्ता शेयरमुल्य १३८ रुपैयाँको दरले बढेको छ । यसैगरी, आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमुल्य ४१० रुपैयाँले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्