Logo

नेपाल एग्रो लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, ८ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्तको मुल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयरमा मुल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

कम्पनीको सोमबार भएको अन्तिम कारोबार मुल्य ६ हजार २६ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको मुल्य ५ सय ४९ रुपैयाँ कायम भएको छ । समायोजन पछिको नयाँ मुल्यको आधारमा आजदेखि कम्पनीको शेयर कारोबार हुने छ ।



प्रतिक्रिया दिनुहोस्