Logo

राधी विद्युतको साधारण सभा असार २९ गते



कठमाडौं, ८ असार । राधी विद्युत कम्पनीले असार २९ गते साधारण सभा गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै कम्पनीले भर्चुअल माध्यमबाट कम्पनीको कार्यालय त्रिपुरेश्वरमा सभा गर्नेे भएको हो ।

कम्पनीको सभाले ०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने जनाईएको छ । यो वर्ष कम्पनीले ३६.५० प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने भएको छ ।

जेठ २ गतेको बैठकले आव ०७६/७७ को मुनाफाबाट हाल कायम भएको ४७ करोड ३५ लाख ३६ हजार ५ सय रुपैयाँ चुक्तापँुजीको आधारमा कर बाहेक सो बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनसपछि कायम हुने ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा १४७.५२ प्रतिशत हकप्रद शेयर बिक्रि गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ असार १५ गते एक दिन बुक क्लोज हुने भएको छ



प्रतिक्रिया दिनुहोस्