Logo

सुनको सिक्री लुटपाट गरी भाग्दै गर्दा पक्राउ



काठमाडौं, ८ असार । धनमाल लुटपाट गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियार पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका ५ घर भएकी ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्