Logo

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ



काठमाडौं, ८ असार । मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका ९ घर भएका ४२ वर्षीय अकिंत घिमिरे र गोकर्णेश्वर नगरपालिका ८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका ६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्