Logo

नेपालमा संक्रिय सक्रमितको संख्या ५२ हजार, महिला संक्रमितदर ३९ प्रतिशत



काठमाडौं, ९ असार । नेपालमा हालसम्म ६ लाख २६ हजार ३४३ जना कोरोना संक्रमित भएका छन् । अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

मंगलबार ४१ जनाको संक्रमणबाट मृत्यु भएसँगै हालसम्म नेपालमा मृत्यु हुनेको सख्या ८ हजार ८१३ पुगेको छ । मन्त्रालयको अनुसार देशभर ५२ हजार ६४८ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।

हालसम्म नेपालमा ३२ लाख ८८ हजार ५३ जनाको पिसीआर परीक्षण भएको छ । त्यसैगरी देशभर आइसोलेसनमा बस्नेको संख्या ५२ हजार ६४८ रहेको छ भने क्वारेन्टाइनमा बस्नेको संख्या ४२५ जना रहेका छ ।

मंगलबार १६ हजार ९१३ जनाको परीक्षणबाट ४५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, हिजो ४९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
कुल संक्रमित मध्ये नेपालमा ६०.८२६ प्रतिशत पुरुष र ३९.१८ प्रतिशत महिला संक्रमितदर रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हालसम्म ९०.१९ प्रतिशत निको हुनेको दर रहेको छ भने ८.४१ प्रतिशत संक्रिय संक्रमितको दर र १.४१ प्रतिशत मृत्युदर रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्