Logo

एन्टी भाइरस बेचेर अरबौं डलर कमाएका मकाफीद्वारा जेलमा आत्महत्या



एजेन्सी, १० असार । कम्प्युटर र ल्यापटपमा तपाईं हामीले एन्टी भाइरस राख्ने गरेका छौं । त्यसमध्ये मकाफी नाम चलेको एन्टीभाइरस हो ।

एन्टी भाइरस माकाफीका निर्माता सफ्टवेयर कम्पनीका मालिक जोन म्याकाफी हुन् । उनले एन्टीभाइरस निर्माण गरेर अरबौं डलर आर्जन गरे । तर, अमेरिकामा कर छलीको अभियोगमा उनीमाथि कारबाही बढाइयो । स्पेनमा पक्राऊ परे ।

स्पेन सरकारले अमेरिकालाई सुपुर्दुगी गर्ने भयो । स्पेनको अदालतले सुपुर्दुगीमा सहमति दिएपछि माकाफीले जेलमै आत्महत्या गरे । उनलाई बचाउन कोशिश भएपनि सफल भए ।

७५ वर्षीय माकाफी पहिलो व्यवसायिक एन्टी भाइरस सफ्टवेयर निर्माता हुन् । उनले अरबौं डलर आर्जन समेत गरे ।

अक्टोबर २०२० मा जोन माकाफी स्पेनमा पक्राउ परेका थिए । कर छलीको अभियोगपछि टर्की जान लागेका उनलाई स्पेनमा पक्राउ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्