Logo

दीपक मल्होत्राको पहलमा विभिन्न अस्पताललाई निःशुल्क अक्सिजन प्लान्ट हस्तान्तरण



काठमाडौं, १२ असार । नेश्नल बिजनेश ईनिसिएटिभ (एनबिआइ) को पहलमा र विभिन्न संघ/सस्थाहरुको सहयोगमा विभिन्न अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण गरिएको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि अस्पतालमा अक्सिजनको चरम अभाव भएका समाचार आएपछि नै आफूहरुले अक्सिजन प्लान्टको व्यवस्थापन गर्ने सोच बनाएर यो पहल गरेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले जानकारी दिए ।

उनकाअनुसार एनबिआईको पहलमा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, धुलिखेल अस्पताल, जनमैत्री अस्पताल र मकवानपुरको अस्पताललाई अक्सिजन प्लान्ट प्रदान गरिएको हो । यी मध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिएको प्लान्ट आईएमईको सहयोगमा दिईएको हो । भने धुलिखेल अस्पताललाई दिएको प्लान्टमा भने व्यवसायी तथा विघटित प्रतिनिधिसभाका सदस्य उमेश श्रेष्ठको सहयोग रहेको छ ।

हस्तान्तरण कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै उपाध्यक्ष मल्होत्राले कोरोना महामारीको दोस्रो लहर आएपछि र नेपालमा अक्सिजनको अभावमा उपचारमा समस्या भएपछि नै आफूहरुले अक्सिजनको व्यवस्थापन गर्ने निर्णय गरेको स्मरण गराए । उनले भने-“करिब-करिब डेढ महिनाअघि अक्सिजनको महामारी थियो, हामीले एनबिआईको आकस्मिक बैठक बसेर तत्काल अक्सिजन ल्याउने निर्णय गर्यौं । त्यहीअनुसार फण्ड कलेक्सन भयो । देश लकडाउनको अवस्थामा रहेकोले तत्काल कसरी ल्याउन सकिन्छ भनेर उपायहरु खोज्दै जाँदा जतिसक्दो चाँडै प्लान्ट ल्याउनको लागि टर्कीबाट मगायौं । हुन त यी प्लान्छ जुन ६ तारिखमा आईपुग्नुपर्ने थियो । तर, फ्लाईट टाईममा नहुनु र केही प्राविधिक समस्याका कारण २० दिन ढिला भयो । अहिले २० दिन ढिलो आएपनि हामीले आवश्यक परेका अस्पताललाई प्लान्ट हस्तान्तरण गरेका छौं । अहिले अक्सिजनको त्यति धेरै समस्या छैन, तर आगामी दिनमा अभाव नहोस भनेर अहिले देखि नै हामीले तयारी र व्यवस्थापन गर्नुपर्छ ।”

मल्होत्राले कोरोनाको तेस्रो लहर आउने खतरा रहेको कुरा जनस्वाथ्यविद्हरुले भनिरहेकोले प्लान्टको व्यवस्था गर्नु महत्वपूर्ण रहेको सुनाए । उनले भने-“अझै भ्याक्सिजन छैन । कोरोनाको तेस्रो लहर आउँछ भनिएको छ, हामीले आवश्यक पूर्वतयारी गर्नुपर्छ । दोस्रो लहमार अक्सिजनको अभाव भएर नेपालीले ज्यान गुमाउनुपरेको दुःखद् खबर पनि सुन्नुपर्यो । अब त्यस्तो नहोस भनेर हामी सचेत छौं ।”

उनले एउटा अक्सिजन प्लान्टले २०० सय बेडलाई निरन्तर अस्किजन सप्लाई गर्ने जनाए । अहिले प्रदान गरिने र अब गरिने दुई वटा प्लान्ट गरी ६ वटा प्लान्टले १२ सय बेडलाई अक्सिजन पुग्ने बताए । उनले प्रति प्लान्ट एक करोड २८ लाख खर्च परेको पनि सुनाए । तर, अस्पताललाई भने निःशुल्क दिईएको छ ।

हस्तान्तरण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण अस्पतालमा अक्सिजन अभाव भएकोले फाउण्डेशनमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको जानकारी दिए ।

यसले आगामी दिनमा स्वास्थ्य पुर्वाधारको कमिले कसैले ज्यान गुमाउनुपर्ने अवस्था नआउने विश्वास ब्यक्त गरे । एनबीआईको पहलमा किर्तिपुर नगरपालिका, मकवानपुर उद्योग संघ, आईएमई फाउण्डेशन लगायत संस्थाको सहयोगमा अक्सिजन प्लाण्ट हस्तान्तरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्