काठमाडौं, १४ असार । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणका लागि वार्षिक शुल्क रकम बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले खाताधनीहरुलाई वार्षिक प्रतिवर्ष १०० रुपैयाँको दरले आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेडको शाखा कार्यालयमा सम्पर्क राखी क्यापिटलको नाममा रहेको प्रभु बैैक लिमिटेडको खातामा श्रावण १५ गतेसम्म बुझाउन आग्रह गरेको हो ।
साथै क्यापिटलले उक्त मितिसम्म शुल्क नबुझाएमा खातालाई कम्पनीद्वारा डेविट फ्रिज प्रक्रिया अघि बढाउने समेत जानकारी दिएको छ। डिम्याट तथा मेरो शेयर खाताको नवीकरण शुल्क मेरो शेयर तथा प्रभु पे, इसेवा, खल्ती, कनेक्ट आइपिएस र आइएमी पे मार्फत पनि भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।