Logo

पर्वतारोही कामी रिता शेर्पा लुम्बिनी विकास बैंकद्वारा सम्मानित



काठमाडौं, १४ असार । लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही कामी रिता शेर्पा सम्मानित भएका छन् । बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको हो । २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन् ।

किर्तीमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आवद्ध छन् । शेर्पाको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि भएको बताएका छन् ।

बैंकको अनुसार बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्