काठमाडौं, १५ असार । निर्वाचन आयोगले पार्टीको आन्तरिक विवाद हल गर्नको लागि छलफल गर्न जनता समाजवादी पार्टी, नेपालका दुवै पक्षलाई बोलाएको छ । आधिकारिकताको लागि यसअघि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोग स्रोतकाअनुसार दुवै पक्षले आन्तरिक मेलमिलापका लागि यही असार २२ गतेको लागि आयोगमा बोलाएको हो । file photo