काठमाडौं, १६ असार । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरुको दौडधुप सुरु भएको छ । खासगरी उपसभापति विमलेन्द्र निधिले भेटवार्तालाई तिव्रता दिएका छन् । नले आजमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । पौडेल निवास बोहराटारमा भएको छलफलमा महाधिवेशनलाई कसरी सफल रुपमा सम्पन्न गर्नेबारे छलफल भएको जनाईएको छ ।
त्यसको अलावामा नेता पौडेलले क्रियाशिल सदस्यतामा देखिएको विवाद समाधानको लागि गम्भीर भएर पहल गर्नपनि उपसभापति निधिलाई सुझाव दिएका थिए । हिजोमात्रै, निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छलफल भएको थियो । आज पौडेलसँगको भेटमा निधिले आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए । तर, पौडेलले अहिले महाधिवेशन समयमै गर्नेगरि क्रियाशिल सदस्यता वितरणमा देखिएको समस्या समाधान गर्न सुझाव दिएका थिए । file photo