Logo

किशोरी बलात्कार गर्ने युवक पक्राउ



झापा, १६ असार । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका ८ बस्ने २७ वर्षीय देव मुर्मुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका ७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्