Logo

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल



काठमाडौं, १७ असार । कृषि विकास बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले  “ ७ वर्षे ६ अरब कृषि ऋणपत्र” जारी गर्न क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।

सम्झौतापत्रमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्