Logo

प्रुडेन्सियलको स्वामित्वमा रहेका ४ कम्पनीको लिलामी शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन



काठमाडौं, १८ असार । आज ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा ल्याएको हो । ४ कम्पनीको ५ लाख ३० हजार कित्ता शेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ ।

लिलामीमा प्रभु बैंकको १ लाख, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार र प्राइम कमर्सियल बैकको १ लाख ७० हजार कित्ता शेयर रहेको छ ।

प्रत्येक कम्पनीको क्रमशः न्यूनतम मूल्य २ सय २५ रुपैयाँ, ५ सय रुपैयाँ, ६ सय रुपैयाँ र २ सय ५० रुपैयाँ तोकिएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि बोलपत्र पेश गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । शेयर खरीद गर्न व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्