Logo

बिहीबार २१ देखि ३० वर्षका ४९९ जना संक्रमित, ५० वर्षमाथिका कति ?



काठमाडौं, १८ असार । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ९ हजार बढीको मृत्यु भईसकेको छ । हाल ३१ हजार ३६८ जना संक्रमित उपचारको क्रममा रहेका छन् । ३३ लाख ५१ हजार २६३ जनाको कोरोना परीक्षणबाट हालसम्म ६ लाख ४० हजार ६ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रभाव युवा वर्गमा परिरहेको छ । बितेको २४ घन्टामा २७ सय ६० जना संक्रमित थपिदाँ सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समुहका रहेका छन् ।

हिजो थपिएका संक्रमित मध्ये २१ देखि ३० उमेर समुहको ४ सय ९९ जना रहेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयको अनुसार हिजो ३१ देखि ४० उमेर समुहको ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, ४१ देखि ५० उमेर समुहका बिहीबार २ सय ९३ जना संक्रमित थपिएका हुन् । २१० जना ५१ देखि ६० वर्षका संक्रमित थपिएका हुन् ।
हिजो थपिएका मध्ये १२५ जनामा ६१ देखि ७० वर्ष उमेर समुहका संक्रमण पुष्टि भएको हो । त्यस्तै, ७१ देखि ८० उमेर समुहका ५३ जना र ८० वर्ष माथिका ३६ जना बिहीबार संक्रमित भएका हुन् । मन्त्रालयको अनुसार ११ देखि २० उमेर समुहका १४३ जना र १० वर्ष मुनिका ५२ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्