Logo

साग्रिला बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि १० वर्षे अवधिको जारी ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्नेे हो ।

बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रलाई ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिइएको छ । ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । बैंकको अनुसार प्रतिइकाई १ हजार रुपैयाँ दरको कुल ऋणपत्र मध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तवरबाट र ३ लाख कित्ता ऋणपत्र मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषको लागि र बाँकी रहेको सबै सर्वसाधारणको लागि विक्रि गरिने जनाएको छ ।

ऋणपत्रमा न्युनतम २५ इकाईदेखि ३ लाख इकाईसम्म आजदेखि असार ९ गते र ढिलोमा २० गतेसम्म आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्