काठमाडौं, २० असार । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललार्ई ४ वर्षको लागि नियुक्त गरेको छ । बैंकको २०७८ जेष्ठ २७ गते बसेको संचालक समितिको ३४५ औं बैठकबाट पोखरेल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेल दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा थिए । उनले असार १८ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल तथा विदेशका धेरै बैंकहरुमा काम गरेको उनीसँग लामो अनुभव छ ।