काठमाडौं, २० असार । नेपालसँग सीमा जोडिएको उत्तराखण्डको मुख्यमन्त्री बनेका पुष्कर सिंह धामीले आज सपथ लिएका छन । ४५ वर्षका धामीले उत्तराखण्डमा अहिलेसम्मकै कम उमेरमा मुख्यमन्त्री बनेर इतिहास रचेका छन् ।
पिथौरागढ जिल्लाको हरखोला उनको पुख्र्यौली थलो हो । उनको जन्म खातिमामा भएको थियो । धामीका पिता भारतीय सेनाका सेवानिवृत्त सुवेदार हुन् ।
पुष्कर सिंह धामी भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष समेत रहेका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीका नजिक हुन् । उनी कोशियारी मुख्यमन्त्री हुँदा राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।
सन् १९९० मा अखिल भारतीय विद्यार्थी परिषद्मा काम गरेका धामीले युवा फाँटमा बढी काम गरे ।-Photo Credit: PTI