Logo

मनकामना स्मार्ट लघुवित्तको ३ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौँ, २१ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले ३ करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अङ्कित दरका ३ लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर)मार्फत आइपीओमा आवेदन दिन सक्नछन् ।



प्रतिक्रिया दिनुहोस्