Logo

प्रधानमन्त्री ओलीसँग भेटेपछि भीम रावल उत्साही



काठमाडौं, २१ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उत्साही बनेका छन् । हिजो राति अवेरसम्म बालुवाटारमा रावलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्तामा पार्टी एकताबारे गम्भीर कुराकानी भएको रावलले जनाएका छन् । प्रधानमन्त्री ओलीसँगको भेटबारे रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा रावलले भने,‘उहाँसँग पार्टी एकता कायम गर्ने विषयमा गम्भीर छलफल भयो । उहाँले प्याकेजमै कुरा गरौं भन्नुभएको छ ।’ रावलले पार्टी एक बनाउनको लागि अन्तिमसम्म आफूहरु लागिपर्ने बताए ।

गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्म अन्तिम समय दिएको छ ।

तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाइृ पठाईसकेको छ । भीम रावल भने अध्यक्ष ओलीसँगको भेटपछि उत्साही बनेको उनीनिकट नेताहरुको दाबी छ । रावलले आज विहानमात्रै वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर हिजोको भेटवार्ताको प्रगतिबारे बिफिङ गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्