काठमाडौं, २१ असार । चितवनमा मृत फेला परेकी सुजिता भण्डारी घटना प्रकरणबारे भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बोलेकी छिन् । उनले अपहरण गरी हत्या गरिएको भन्दै तत्काल दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।
आज सामाजिक सञ्जालमा लेख्दै दाहालले घटनामा संलग्न अपराधीको खोजी कार्यमा कत्तिपति ढिलासुस्ती नर्ग ध्यानाकर्षण गराएकी छिन् ।
दाहालले लेखेकी छिन्ः राप्ती नगरपालिका ३ कि २३ वर्षिय सुजिता भण्डारीको केही दिन अघि अपहरण गरि हत्या गरिएको खवरले अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। महिलाहरू माथी हुने यस प्रकारका दर्दनाक अपराधिक घटनाको जति नै निन्दा एवम भत्सर्ना गर्दा पनि कमै हुन्छ।उक्त घटनामा संलग्न अपराधीको खोजी कार्यमा कत्तिपनि ढिलासुस्ती नगरीकन दोषी पत्ता लगाई दोषी उपर कडा भन्दा कडा कारवाही गर्न संबन्धित पक्षको गंभिर ध्यानआकर्षण गर्दछु।दिवंगत सुजिता भन्डारी प्रति श्रदासुमन ब्यक्तगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।