Logo

जीवन विकासको आईपीओ बाँडफाँट, १ लाख ८४ हजारले पाए १० कित्ता शेयर



काठमाडौं, २३ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले निष्कासन गरेको आइपीओ आज बाँटफाँड भएको छ । आईपीओ बाँडफाँट बिहान ९ः ३० बजे बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको हो ।

एनएमबी क्यापिटलको अनुसार २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथा माध्यमबाट बाँडफाँट गरिएको हो । १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताको दरले हात परेको छ भने ५ जनालाई ११ कित्ताको दरले हात पारेका हुन् ।

कम्पनीले असार ११ गतेदेखि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्रिमा ल्याएको हो । ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आइपीओमा १५.८२ गुणाको आवेदन परेको थियो । आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।

कम्पनीले कुल कित्तामध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरु, १८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी भएको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि विक्रिमा छुट्टाएको थियो ।



प्रतिक्रिया दिनुहोस्