Logo

प्रचण्ड नेतृत्वको माओवादी खारेजी माग गर्दै बादल र टोपबहादुरहरु निर्वाचन आयोग जाँदै



काठमाडौं, २३ असार । पूर्व माओवादी केन्द्रका नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गदै निर्वाचन आयोग जाने भएका छन् । उनीहरु अहिले १२ बजेपछि आयोग पुग्ने कार्यक्रम तय भएको छ ।

आफूहरु माओवादी केन्द्र अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारीमा रहेको नेता टोपबहादुर रायमाझीले जानकारी दिए । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्