काठमाडौं, २५ असार । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन आज पनि सुनको मुल्य बढेको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा किनबेच भैरहेको छ । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
आज चाँदीको मुल्य भने ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो प्रतितोला १३ सय १० रुपैयाँमा किनबेच भएको थियो ।