काठमाडौं, २५ असार । नेकपा (एमाले) को बैठक जारी छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा जारी बैठक सहमतिउन्मुख रहेको नेताहरुको भनाई छ । कार्यदलको बैठकबाट एकै छिन बाहिरिएका शंकर पोखरेलले आजै सहमति हुने सम्भावना बताए ।
कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै तर्फबाट कार्यदलका संयोजकहरु विष्णु प्रसाद पौडेल र भीम रावलले सहमतिको लागि खाका तयार पारेका छन् । बैठक बस्नुअघि पौडेल र रावल छुट्टै बैठक बसेका थिए । file photo