Logo

अमेरिकाबाट सोमबार आइपुग्ने भ्याक्सिन कति प्रभावकारी



एजेन्सी, २६ असार । अमेरिकाले नेपाललाई दिन लागेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सोमबार आउन लागेको छ । अमेरिकी सरकारले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन्सको भ्याक्सिन अनुदानस्वरुप दिन लागेको हो ।

अमेरिकी सरकारले कोभ्याक्समार्फत एशियाली देशलाई खोप सहयोगको घोषणा गरेको थियो । जसमध्ये नेपाललार्य जोन्सन एन्ड जोन्सन्सको भ्याक्सिन उपलब्ध गराउन लागेको हो ।

जोन्सन एन्ड जोन्सन्सको भ्याक्सिन एक डोज लगाए पुग्छ । यो पाखुरामा लगाइन्छ । जोन्सन्सको भ्याक्सिन १८ वर्ष माथिकालाई लगाउन सकिन्छ । यो भ्याक्सिन परीक्षणका क्रममा ६६ प्रतिशत प्रभावकारी रहेको पत्ता लागेको थियो ।

यो भ्याक्सिन लगाएपछि हल्का ज्वरो आउने, पाखुरा दुख्ने, टाउको दुख्ने र थकानको महशुश हुने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्