Logo

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा, कार्यावाहक अध्यक्ष पाउने आश्वासन



काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।

उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ । नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त सहमतिमा अदालतको फैसलालाई प्रभावित पार्ने खालको भाषा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । तर, रावलले भने उक्त सहमतिमा माधव नेपालको पनि पूर्ण समर्थन रहेको दाबी गरेका छन् ।

उनले सहमतिपत्रमा हस्ताक्षर गर्नुपूर्व आफूले नै माधव नेपालसँग कुरा गरेको र सहमति लिएको पनि दाबी गरे । पुष ५ गते र अहिले दोस्रो पटक संसद् विघटन गर्दासम्म प्रधानमन्त्री ओलीको सबैभन्दा कडा आलोचना गरेका रावल पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् ।

रावल र प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि नै एमालेको कार्यदल ब्यँुतिएको हो । रावल माधव नेपालको तर्फबाट कार्यदलको संयोजक हुन् । नेता रावल एकाएक ओलीप्रति नरम र पार्टीमा ओलीलाई नै शक्तिशाली बनाउन लाग्नुको कारण चाहीँ उनले पार्टीमा कार्यावाहक अध्यक्षको जिम्मेवारी पाउने आश्वाउन पाउनु नै रहेको उनीनिकट नेताहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्