Logo

सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनाको आदेश



काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापनाको पक्षमा फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दिपक कुमार कार्की, मीरा खण्डका, आनन्दमोहन भट्टराई र ईश्वरीप्रसाद खतिवडाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी चुनवाको मिति सहित तोक्न गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा सदर गरेकी थिइन् ।

यसअघि ५ पौष २०७७ मा पनि प्रतिनिधि सभा विघटनको कदम चालेका ओलीको विपक्षमा ११ फागुन २०७७ मा फैसला आएको थियो ।



प्रतिक्रिया दिनुहोस्