काठमाडौं, २९ असार । एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट विक्री खुला गरेको ऋणपत्र आज बाँडफाँट गरेको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको अनुसार योग्य आवेदकहरुको प्राप्त भएका आवेदनबाट आज ऋणपत्र बाँडफाँट गरेको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।
बैंकले १० वर्षे अवधिको ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ को नाममा ऋणपत्र निष्काशन गरेको हो ।
बैंकको अनुसार ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र १८ लाख कित्ता व्यक्तिगत तवरबाट संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमाा सनराइज क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा लगानी गर्न इच्छुकले न्युनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने बैंकले व्यवस्था गरेको छ ।