Logo

जापानले दिने खोप एक महिनाभित्र नेपाल आईपुग्ने



काठमाडौं, असार ३० । जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ ।

एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख डोज दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्