Logo

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे निर्णय लिन माधव नेपाल पक्षधर सांसदहरुको बैठक बस्दै



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक हिजो आफूलाई भेट्न आएका प्रधानमन्त्री देउवालाई नेता नेपालले विश्वासको मत दिने प्रतिबद्धता जनाएका थिए ।

उनले आफूहरु संसद्को पूरा कार्यकालको पक्षमा रहेकोले विश्वासको मत दिने वचन दिएका थिए । प्रधानमन्त्री देउवा पनि छिट्टै विश्वासको मत लिने तयारीमा जुटेका छन् । नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेगरि आफ्ना पक्षधर सांसदहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकेका छन् ।उनीनिकट सांसद रामकुमारी झाँक्रीले अहिले आफूहरुको बैठक बस्न लागेको पनि जानकारी दिईन् । file photo



प्रतिक्रिया दिनुहोस्