Logo

पूर्वमन्त्री आलेले भनेः देउवालाई भेटेको छैन, पार्टी एक नहुँदा असन्तुष्ट छु



काठमाडौं, ३१ असार । पूर्वमन्त्री प्रेम आलेले आफू कुनै हालतमा केपी शर्मा ओलीलाई छाड्ने पक्षमा नरहेको बताएका छन् । मन्त्री बन्नका लागि कसैलाई नभेटेको बताए ।

‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन,’ आलेले रिपोर्टर्स नेपालसँग भने,‘यो कपोकल्पित र भ्रामक खबर हो ।’

आलेले आफू ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेको बताए । उनले भने,‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन । ढाडको नशा च्यापिएर उपचार गराइरहेको छु ।’

आलेले पार्टी एक नभएकोमा भने आफू असन्तुष्ट भएको बताए । उनले भने, ‘म पार्टी एक नहुँदा निकै असन्तुष्ट छु ।’

यसअघि रिपोर्टर्स नेपालले ओली सरकारका पूर्वमन्त्रीहरु नै माधव गुटमा लाग्ने तयारीमा शिर्षकको खबरमा प्रेम आलेले पनि गुट परिवर्तन गर्न लागेको खबर प्रकाशित गरेको थियो । उनले यसको तयारी गरेको सूचना रिपोर्टर्स नेपाललाई प्राप्त भएको थियो । त्यसपछि आलेले सम्पर्क गरी प्रतिक्रिया दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्