काठमाडौं, साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले बिहीवार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिशमा उहाँले प्रतिनिधिसभा विघटन गरेकी थिईन् ।
केपी शर्मा आली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्नेगरी मिति समेत तोकेकी थिईन्। तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश दिएको थियो ।
सर्वोच्चको परमादेशकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएर असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भइसकेको छ । आर्थिक अभियान दैनिकबाट