Logo

बालकोटमा ओलीसँग ठाकुर–महतोको भेटवार्ता



काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आज एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर ठाकुरसहित उनी पक्षधर नेताहरु राजेन्द्र महतो, अनिल झाललगायतले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीसँग जसपाका नेताहरुको यो पहिलो भेटवार्ता हो ।

उनीहरुले ओलीसँगै सहकार्य गर्दै अघि बढ्ने निश्कर्ष निकालेका छन् । ठाकुर समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । हिजोमात्रै एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले पनि देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्